एमालेको एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा हुने

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौं : नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन हलबाट पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार