एवाईएस विश्व बक्सिङमा अजितलाई कांस्य

२०८२ कार्तिक १, शनिबार

काठमाडौं : अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाईएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कांस्य पदक जित्न सफल भएका छन ।

स्पेनी खेलाडीबाट बाई पाएर सेमीफाइनलमा प्रवेश गरेका उदयपुर गाईघाटका अजित  मगर शुक्रवार भएको सेमिफाइनलमा अस्ट्रेलियाली खेलाडीसँग अंकमा पराजित भएपछि कांस्य पदकमा सीमित बने ।

बक्सिङ के-वान नियममा खेलेका अजितले ७९ किलोग्राममा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । अक्टोबर १९ सम्म जारी रहने सो प्रतियोगितामा नेपालका उमङ्ग खत्रीले प्रतिस्पर्धा गर्न बाँकी छ । ललितपुर विष्णुडोल निवासी उमङ्ग खत्रीले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार