काठमाडौं : इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ।
आइतबार राति एनफिल्डमा भएको खेलमा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो। युनाइटेडको जितमा ह्यारी म्याग्वायर र ब्रायन एम्बुएमोले गोल गरे। लिभरपुलका लागि कोडी ग्याक्पोले एक गोल फर्काए। लगातार तीन प्रिमियर लिगमा हार व्यहोरेपछि लिभरपुलले सन् २०१४ पछिको सबैभन्दा खराब नतिजा व्यहोरेको हो।
खेलको दोस्रो मिनेटमा नै ब्रायनको गोलको युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलमा दबाब बनाइराखेको युनाइटेडले ४ औँ मिनेटमा भने बराबरी गोल खान पुग्यो। खेलको ७ औँ मिनेटमा कोडी ग्याक्पोको गोलमा लिभरपुल खेलमा फर्किएको थियो। तर ८४ औँ मिनेटमा ह्यारी म्याग्वायरले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण जित दिलाए।
याे जितसँगै युनाइटेड नवौँ स्थानमा उक्लेको छ। युनाइटेडले आठ खेलमा चार खेलमा जित, एक खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ। लिगमा तेस्रो हार व्यहोरेको लिभरपुल ५ खेलमा जितसहित १५ अंकमा चौथो स्थानमा छ।





