जलेर ध्वस्त भएको घर हेर्न बालकोट पुगे ओली

२०८२ कार्तिक ५, बुधबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् ।

बुधबार मध्यान्ह ओलीले बालकोटस्थित आफ्नो स्थायी निवासमा पुगेर जलेको घरको अवलोकन गरेका हुन् । ओलीले शुरूमा गेटमा उभिएर केहीबेर जलेको भवन हेरेका थिए । त्यसपछि उनी घरको बार्दलीमा पुगेर दायाँबायाँ हेरे । पत्नी राधिका शाक्यको कमाइमा ओलीले बालकोटमा घर बनाएका थिए ।

बालकोटको घरमा आगजनी भएपछि ओली अहिले भक्तपुरकै गुण्डुमा अस्थायी बसोबास गरेका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि भदौ २४ मा आक्रोशित भीडले ओलीको घरमा आगजनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार