आइसल्यान्डमा पहिलो पटक देखियो लामखुट्टे

२०८२ कार्तिक ५, बुधबार

काठमाडौँ : बाह्रै महिना हिउँले ढाकिने आइसल्यान्डमा पहिलो पटक लामखुट्टे देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कीराप्रेमी ब्योर्न ह्याल्टेसनले गत हप्ताको केही रातहरूमा पुतली हेर्ने क्रममा वाइनमा भिजाइएका डोरीहरू प्रयोग गर्दा लामखुट्टे भेटेका थिए । ह्याल्टेसनले भेटेका लामखुट्टेमा दुई पोथी थिए भने एउटा भाले थियो ।

ती लामखुट्टे ‘कुलिसेटा एन्नुलाटा’ प्रजातिको भएको बीबीसीले जनाएको छ । यो प्रजाति जाडो याममा पनि बाँच्न सक्दछ । यो खोजभन्दा अगाडि आइसल्यान्डमा लामखुट्टे भेटिएको रेकर्ड थिएन ।

त्यस्तै अन्टार्कटिकामा पनि लामखुट्टे पाइँदैन । आइसल्यान्डको राजधानी रेक्जाभिकको दक्षिण–पश्चिमतर्फ अवस्थित हिमनदी उपत्यका क्योस क्षेत्रमा लामखुट्टे भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार