अफगानिस्तानसँग नेपाल पराजित

२०८२ कार्तिक ९, आईतवार

काठमाडौँ : बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ।

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो । अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ ले पराजित भएको हो ।

चौथो खेलमा नेपालको यो तेस्रो हार हो । नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै पहिलो जित हासिल गरको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार