काठमाडौं : ललितपुरमा भएका दुई दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
बागमती गाउँपालिका– १, सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका– १, धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका– १४, बाँडेगाउँस्थित सडकमा बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका– १४ बस्ने ५० वर्षीया मैया महर्जनको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बी एन्ड बी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकलचालकलाई नियन्त्रणमा लिएको छ ।











