किष्ट अस्पतालमा प्रहरीद्वारा अश्रुग्याँस प्रहार

२०८२ कार्तिक १०, सोमबार

काठमाडौँ : बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार भएको छ ।

घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार