नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने

२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं : महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको हो । प्रचण्डलाई संयोजक मानेर जानेगरी एकता गर्ने निर्णय भएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । एकतापछि पार्टीको नाम नेपाल समाजवादी रहने र २० गतेभित्र एकता घोषणा हुने छ ।

नेसपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी र प्रेमबहादुर सिंहको पार्टीसँग २० गतेभित्र एकता गर्ने निर्णय गरेको हो । नेसपाले प्रचण्डलाई संयोजक मानेर एकता गर्न लागेको हो ।  नेसपाले एकतामा सम्मान नेताहरूको व्यवस्थापन हुनेमा विश्वास लिएको छ ।

प्रचण्डसँग वार्ता गर्न अध्यक्ष यादवको संयोजकत्वमा महासचिव रमेश र सचिवालय सदस्य राजु थापा तीन सदस्य वार्ता टोली गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार