रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ घोषणा

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं : रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ को घोषणा गरिएको छ।

फ्रन्टले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै ३९ सदस्यीय संघीय संयोजन समिति गठन गरेको जानकारी दिएको हो। वक्तव्यमा फ्रन्टको गठन जेन-जी विद्रोहलाई संस्थागत गर्न, राज्यसँग सम्झौताका लागि एजेन्डाहरू एकीकृत गर्न र विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताबद्ध गर्ने उद्देश्यले गरिएको उल्लेख छ।

फ्रन्टले यसमा सामेल हुन चाहने सबैका लागि ढोका खुला रहेको समेत जनाएको छ। फ्रन्टले आफ्नो घोषणासँगै जेन-जी विद्रोहको दस्तावेज पनि सार्वजनिक गरेको छ। दस्तावेजमा विद्रोहको पृष्ठभूमि, तत्कालीन उपलब्धि, अभिभारा र लक्ष्यबारे विस्तृत रूपमा उल्लेख गरिएको छ। दस्तावेजमा जेन-जी विद्रोहलाई कुनै दल वा समूहको योजना नभई असन्तुष्ट युवा पुस्ताको सामूहिक चेतनाबाट जन्मिएको ‘राजनीतिक विस्फोट’ को संज्ञा दिइएको छ।

३९ सदस्यीय संयोजन समितिमा संयोजक रक्षा बमसहित युजन राजभण्डारी (सङ्गठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति) र आदित्य कर्ण (प्रदेश समन्वय समिति) रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार