कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८२ कार्तिक १५, शनिबार

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको र सुरू हुनै लागेको जानकारी दिए । यसअघि शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो । पार्टीमा महाधिवेशनको तिथि-मितिबारे सहमति जटाउन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार