प्रमुख प्रशासकीय अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ कार्तिक १६, आईतवार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, अख्तियारले एक कन्स्ट्रक्सन कम्पनी प्रा.लि.उपर पनि मुद्दा दायर गरेको छ ।

उनीहरूले नदीजन्य पदार्थ उत्खननमा सम्झौताविपरीत बढी संकलन तथा उत्खनन भएको परिमाणको राजस्व रकम असुलउपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार