युरोपेली च्याम्पियन्स लिग : बायर्न म्युनिखसँग पीएसजी पराजित

२०८२ कार्तिक १९, बुधबार

काठमाडौं : लुइस डियाजको दुई गोल सहयोगमा १० खेलाडीमा सिमित बायर्न म्युनिखले युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ।

गएराति पीएसजीको घरेलु मैदानमा भएको खेलमा बायर्नले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो। जारी लिगमा पीएसजीले पहिलो हार व्यहोरेको हो। बायर्नको जितमा एक्लैले २ गोल गरेका डियाज रातो कार्ड खाँदै मैदान छाडेका थिए।

खेलको चौथो मिनेटमा डियाजको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। उनले नै ३२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दा टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडे। उनले पीएसजीका अच्राफ हाकीमीमाथि खराब ट्याकल गरेपछि रेफ्रिले सिधै रातो कार्ड दिएका थिए।

खेलको ७४ औँ मिनेटमा जोआओ नेभेसले गरेको गोल पीएसजीका लागि शान्त्वना बन्न पुग्यो।  जारी सिजनमा बायर्नले लगातार चौथो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको छ। लगातारको जितसँगै बायर्न १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा आर्सनलले स्लाभिया प्रागमाथि सहज जित निकालेको छ। जितसँगै समान १२ अंक भएको  आर्सनल दोस्रो स्थानमा छ। लिगमा पहिलो हार व्यहोरेको पिएसजी ९ अंकमा दोस्रो स्थानमा छ।

गएराति भएको खेलमा एथलेटिको मड्रिडले युनियन सेन्ट–गिलोइसलाई ३–१ गोल अन्तरले नै हराएको छ। लिभरपुलले रियल मड्रिडमाथि १–० को साँघुरो जित दर्ता गर्यो। टोटनह्यामले भने कोपेनहेगनमाथि ४–० को फराकिलो जित निकाल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार