फिल्म ‘जारी २’ को अग्रिम टिकट बिक्री खुला

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौं : शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’ को एड्भान्स टिकट बिक्री नेपालका हलले खुलाउन थालेका छन् ।

प्रारम्भिक शोज तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ शोज पाएको छ । विहिबार बेलुकासम्म कम्तीमा २०० देखि ३०० हाराहारीमा शोज हुनसक्ने अनुमान गर्न सकिन्छ ।

फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय रिलिज तालिका र विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । वितरक रमेश ढकालले अमेरिका, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकको हल, शोज संख्या सार्वजनिक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार