काठमाडौं : जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाल रहेका छन् । निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ बस्दै आएकी थिइन् । आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका–२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।
मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा पक्राउ गरि उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।











