जेनजी प्रदर्शनमा उपत्यकामा खटिएका प्रहरीको विवरण आयोगमा, आजबाट बयान लिइने

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौँ : जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पठाइएको छ । एक चरणको विवरण प्राप्त भएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए ।

शर्माका अनुसार काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयले आयोगमा पठाएको हो । बिहीबारबाट फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिइँदैछ । भदौ २३ मा नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीको बयान लिइँदैछ ।

यसअघि आयोगले नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार