मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवलदारको मृत्यु

२०८२ कार्तिक २२, शनिबार

काठमाडौँ : कपिलवस्तुमा  दुइटा मोटरसाइकल ठोक्किँदा एउटा मोटरसाइकलमा सवार प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका वडा नं. ३ को कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको हो।

दुर्घटनामा परि कपिलवस्तुका वाणगंगा नगरपालिका वडा नं. ४ कोपवामा कार्यरत प्रहरी सहायक हवलदार राम विलास यादवको मृत्यु भएको हो। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ७ टिकर निवासी यादव हाल प्रहरी चौकी कोपवामा कार्यरत थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार