इंग्लिस प्रिमियर लिग : आर्सनल सन्डरल्यान्डसँग बराबरीमा रोकियो

२०८२ कार्तिक २३, आईतवार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा आर्सनल सन्डरल्यान्डसँग २-२ को बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने सन्डरल्यान्डले लिएको थियो । ३६औं मिनेटमा डानियल बलार्डले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औं मिनेटमा बुकायो साकाले गोल गर्दै बराबरीमा ल्याए ।

७४औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । इन्जुरी समयमा ब्रायन बोबेले गोल गर्दै सन्डरल्यान्डलाई हारबाट जोगाए ।

बराबरीपछि शीर्षस्थानको आर्सनलको ११ खेला २६ अंक भएको छ । सन्डरल्यान्ड १९ अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार