लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

२०८२ कार्तिक २८, शुक्रबार

लुम्बिनी : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मङ्सिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार