फिल्म ‘जारी २’ को नयाँ गीत ‘युमा हजुरी’ सार्वजनिक

२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं : फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ।

निर्माण कम्पनी बाँसुरी फिल्मस्‌को युट्युबमार्फत बिहीबार ‘युमा हजुरी’ गीत सार्वजनिक गरिएको हो। मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदका शब्द रहेको गीतमा मनोज र सुनिता थेगिमको स्वर छ। यो सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

यद्यपि निर्माण टिमले हालसम्म कति व्यापार गर्‍यो भन्ने तथ्यांक सार्वजनिक गरेको छैन। नेपालभरका सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्मका हलमा टिकट बिक्री गर्ने अफिसियल वेबसाइट हेर्दा भने सिनेमाकाले आक्रामक व्यापार गरिरहेको देखिन्छ। गत मंगलबारदेखि सिनेमा निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ।

सिनेमाका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दर्शक तथा समीक्षकको सल्लाहअनुसार नै ‘डिरेक्टर्स कट’ पुनः सेन्सर गरेर प्रदर्शनमा ल्याइएको बताएका छन्। ‘डिरेक्टर्स कट’ले दर्शकमा उत्साह ल्याएको समाजिक सञ्जालमा आएका प्रतिक्रियाबाट बुझिन्छ।

निर्देशक सुब्बा र अभिनेत्री मिरुना मगर बुधबार मात्रै पूर्वी नेपालका दर्शकसँग भेटेर काठमाडौँ फर्किएका छन्। दर्शकका प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक सुब्बा र अभिनेत्री मगरको भनाइ छ। यो सिनेमाले देशभर नै राम्रो व्यापार गरे पनि विशेषगरी पूर्वी नेपालमा विस्फोटक व्यापार गरिरहेको छ।

लिम्बू समुदायको कथा रहेको सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ। बाँसुरी फिल्म्स् र कबड्डी फिल्म्स्‌को ब्यानरमा निर्माण भएको सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुले पनि अभिनय गरेका छन्।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार