काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
उनले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको हाम्रोदेशलाई जानकारी दिए। रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियारले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन्। परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ ।
रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।






