काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९० रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर ३ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।





