काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन्। लुम्बिनीको यो तेस्रो खेल हो। यअसघिका दुई खेलमा लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो। लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजलाई जितेको थियो।
काठमाडौँ आज चौथो खेलमा छ। यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ। जनकपुर बोल्ट्ससँग जितेको काठमाडौँले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो।











