मुख्यसचिव एकनारायण अर्यालको बिदाइ

२०८२ मंसिर ९, मंगलवार

काठमाडौं : बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्याललाई सरकारले बिदाइ गरेको छ।

उमेर हदका कारण अवकाशमा जान लागेका उनलाई प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार एक कार्यक्रमबीच बिदा गरेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहबीच प्रधानमन्त्री कार्कीले मालाटीका लगाइदिएकी थिइन् । सो क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै अर्यालको निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना पनि गरेकी थिइन् ।

सरकारको नयाँ मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरिसकेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल २०८३ असार २५ सम्म पदमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार