काठमाडौं : सरकारले चार जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको हो ।
कोशी प्रदेशमा प्रमुख सचिवका रूपमा कार्यरत चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा मधेशमा कार्यरत मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिलाका रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। त्यस्तै, भूमि व्यवस्थाका केदारनाथ शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।











