हजारौँ जेनजीहरू नेकपामा जोडिएका छन् : प्रचण्ड

२०८२ मंसिर १०, बुधबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सम्पूर्ण संरचना छिटो मिलाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार काठमाडौँको पेरिस डाँडामा आयोजित कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधिलाई पार्टीमा स्वागत गरेपछि उनले भने, ‘पार्टीका सबै संरचनालाई कसरी छिटोभन्दा छिटो एकताबद्ध गर्ने, हामीले एकता प्रक्रियालाई संरचनात्मक ढङ्गले मिलाएर जानुपर्‍यो।’

उनका अनुसार सबै ‘सच्चा’ कम्युनिस्ट क्रमशः एउटै दिशामा गोलबन्द हुँदै जाने स्पष्ट संकेत देखिँदै गएको छ। उनले भने, ‘यो प्रक्रियामा हामीले बढी सम्बोधन गर्ने प्रयास गरेका छौँ, बिस्तारै युवापुस्ताले आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझाइ बनाउँदै गएका छन्। त्यसैले हजारौँ युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार