बिहीबार जनकपुर बोल्ट्सले आमाको नामको जर्सी लगाएर खेल्ने

२०८२ मंसिर १०, बुधबार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले बिहीबारको खेलमा आमा विशेष जर्सी लगाउने भएको छ। आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा जनकपुरका खेलाडीले आमाको नाम भएको जर्सी लगाउने भएका हुन्।

खेलपछि ती जर्सी लिलाम गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने बताएको छ।

जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार लगाउने जर्सी पनि सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार