ल क्याम्पसका निवर्तमान स्ववियू सभापति ढुंगेल पक्राउ

२०८२ मंसिर १०, बुधबार

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् ।

निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो । उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो । ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो ।

पछिल्ला दिनमा प्रहरीले सर्वोच्च अदालत जलाउनेहरुको खोजी तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार