लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४४ रनको लक्ष्य

२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भयो । टपअर्डरमा मध्यम प्रदर्शन गरेको लुम्बिनीका मिडल र लोअर्डरका ब्याटर चल्न नसक्दा १४३ रनमा समेटिन पुग्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाइन् । डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए । तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले कुनै पनि रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका पेस बलर हाबी गए । अभिनास बोहराले ३, हेमन्त धामी ३ र स्कट कुगेलेइजन स्पिनर हर्मित सिंहले पनि ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार