सशस्त्रका एसएसपी पाठक डीआईजीमा बढुवा सिफारिस

२०८२ मंसिर ११, बिहीबार

काठमाडौं : सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजी कालीदास धौवजी डीआईजीको पदावधि पूरा गरेर अवकास भएका कारण सशस्त्रमा एक जना डीआईजीको पद रिक्त भएको थियो। रिक्त पदमा सबैभन्दा सिनियर एसएसपी पाठकलाई बढुवा गर्न सिफारिस गरिएको हो।

पाठक नेपाल प्रहरीको प्राविधिक तर्फ भर्ना भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार