चितुवाको आक्रमणबाट महिलाको मृत्यु

२०८२ मंसिर १३, शनिबार

काभ्रेपलाञ्चोक : रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँको बाङ्गेसल्लामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

अन्दाजी ६६ वर्षीया थानसिङ्गे साइँली भनेर चिनिने गंगामाया तामाङको गएराति चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए । गंगामायाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि आउने तथा थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार