स्पेनिस ला लिगा : रियल मड्रिड २-१ ले विजयी

२०८२ मंसिर २९, सोमबार

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो अलाभेसलाई पराजित गरेको छ ।

अलाभेसको मैदानमा भएको खेलमा रियल २-१ ले विजयी भएको हो । रियलको जितमा किलियन एमबाप्पे र रोड्रिगोले १-१ गोल गरे । अलाभेसका कार्लोस भिसेन्टेले १ गोल गरे । खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा भिसेन्टेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७६औं मिनेटमा रोड्रिगोले गोल गरेपछि रियल २-१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार