काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ घटाउने तथा र पेट्रोलको २ रुपैयाँ बढाउने निर्णय गरेको हो। मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।








