घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष १, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य १ हजार ७ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले घटेर २ लाख ५९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ७० रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ३ हजार ८ सय ८५ रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार