आईपीएलमा सबैभन्दा महँगा विदेशी खेलाडी बने क्यामरून ग्रीन

२०८२ पुष २, बुधबार

काठमाडौं : संयुक्त अरब इमिरेटको राजधानी अबुधाबीमा जारी आईपीएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरून ग्रीन सबैभन्दा महँगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् ।

ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रूयैयाँमा खरिद गरेको छ । आईपीएल २०२६ को लिलामीमा सबैभन्दा पहिले बिक्री हुने खेलाडी दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर रहेका छन् ।

लिलामीको सुरूवातमा अस्ट्रेलियन क्रिकेटर जेक फ्रेजर–म्याकगर्कबाट भएको थियो । तर उनी ‘अनसोल्ड’ भए । त्यसपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलरलाई डेल्ही क्यापिटल्सले दुई करोड रूपैयाँमा खरिद गरेको हो ।

आईपीएलका लागि भारतीय क्रिकेटर पृथ्वी शॉ ‘अनसोल्ड’ रहे । न्युजिल्यान्डका क्रिकेटर डेभोन कानवे र भारतीय ब्याट्सम्यान सरफराज खान पनि ‘अनसोल्ड’ को सूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार