महाधिवेशनमा सहभागी सबैप्रति ओलीको धन्यवाद

२०८२ पुष ४, शुक्रबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएकामा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले महाधिवेशनलाई पार्टीको साझा सफलता भएको उल्लेख गर्दै ‘महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन’, भनेका छन् । उनले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध, अनुशासित र जिम्मेवार बनाएको दाबी गरे ।

अध्यक्ष ओलीले पार्टीपङ्क्तिमा देखिएको उत्साह र सहभागितालाई ऐतिहासिक भन्दै महाधिवेशन सफल बनाउन भूमिका खेल्ने प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ‘सबैलाई बधाई !’ भन्दै उनले आगामी दिनमा पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई सङ्गठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न उपयोग गर्ने सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार