पूर्वप्रधानमन्त्री भट्टराई आज भारत प्रस्थान गर्दै

२०८२ पुष ६, आईतवार

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् ।

उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको  सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने सचिवालयले जनाएको छ।

डा भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई’दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र’  विषयमा विशेष सम्बोधन गर्नेछन्।

नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

597919312_853067780777408_8229600339484626895_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार