स्पेनिस लालिगा : सेभिल्ला रियल मड्रिडसँग पराजित

२०८२ पुष ६, आईतवार

काठमाडौँ : स्पेनिस ला लिगामा रियाल मड्रिडले सेभिल्लाविरुद्ध २–० को जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन जुड बेलिङ्घम र किलियन एमबाप्पेले गोल गरे । रियालले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । खेलको ३८औँ मिनेटमा बेलिङ्घमको गोलमा घरेलु टिमले अग्रता बनाएको थियो । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसअघि, ६८औँ मिनेटमा मार्कोस डी नासिमेन्टोले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै रियालले शीर्ष स्थानसँगको दूरी एक अंकमा झारेको छ । तालिकाको दोस्रो स्थानमा रहेको रियालले १८ खेलबाट ४२ अंक जोडेको छ । रियालभन्दा एक खेल कम खेलेको लिग लिडर बार्सिलोना ४३ अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार