कांग्रेस सर्लाहीका उपसभापति अधिकारीको निधन

२०८२ पुष ७, सोमबार

काठमाडौँ : नेपाली कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारीको निधन भएको छ।

मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौँ आएका अधिकारीको आइतबार साँझ ६० वर्षको उमेरमा निधन भएको छ।उनको गएराति नै पशुति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अधिकारी सर्लाहीको बरहथवा नगरपालिका–११ दियरटोलका वासिन्दा हुन्। उनका श्रीमती र दुई छोरी छन्।

२०२२ सालमा जन्मिएका स्वर्गीय अधिकारीले २०४२ सालमा नेविसंघ सर्लाहीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी नेपाली कांग्रेसको १२औँ र १३औँ जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका उनी १४औँ अधिवेशनबाट उपसभापतिमा चुनिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार