नागरिक लगानी कोषको लाभांश घोषणा

२०८२ पुष ७, सोमबार

काठमाडौँ : नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ ।

पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले आव २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार