इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी शीर्षस्थानमा उक्लियो

२०८२ पुष १२, शनिबार

काठमाडौं : म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । नोटिङहमकै मैदानमा भएको खेलमा सिटी २-१ ले विजयी भयो । सिटीको जितमा तेजानी रेन्डर्स र रायन चेर्कीले १-१ गोल गरे । फरेस्टका लागि ओमारी हचिन्सनले एक गोल गरे ।

४८औं मिनेटमा रायन चेर्कीको पासमा तेजानी रेन्डर्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा काउन्टर मुभ मार्फत नोटिङहमले शानदार फिनिस गर्‍यो । इगोर जेससको पासमा ओमारी हचिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । ८३औं मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए । कर्नरबाट आएको बल क्लियर नहुँदा बक्सबाहिर चेर्कीले पाएको बल सिधै प्रहार गर्दा गोलमा परिणत भएको थियो ।

जितपछि १८ खेलमा ४० अंक भएको सिटी शीर्षमा उक्लँदा एक खेल कम खेलेर ३९ अंक भएको आर्सनल दोस्रोमा झरेको छ । फरेस्ट १८ खेलमा १८ अंकसहित १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार