काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वुल्भसलाई पराजित गरेको छ ।
घरेलु मैदानमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र फ्लोरियन विट्जले १-१ गोल गरे । वुल्भ्सका सान्टियागो बुएनोले गरेको गोल सान्त्वना बन्यो ।
खेलको ४१औं मिनेटमा ग्राभनबर्कको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै विट्जले अग्रता दोब्बर पारे । दोस्रो हाफको ५१औं मिनेटमा बुएनोले वुल्भ्सका लागि गोल फर्काएपनि त्यसपछि कुनै गोल भएनन् ।
जितपछि लिभरपुल १८ खेलमा ३२ अंक जोडेर चौथो स्थानमा छ । वुल्भ्स २ अंकसहित २०औं स्थानमा छ ।





