नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन : माधव नेपाल

२०८२ पुष १५, मंगलवार

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गरे । उनले नेकपाले नै अब राजनीतिमा देखापरेका विकृतिहरू अन्त्य गर्ने पनि बताए । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश सम्प्रेषण गर्न जरुरी रहेको बताए ।

समाजवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरू कुनै विकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार