शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैन : सभामुख यादव

२०८२ पुष १९, शनिबार

काठमाडौं : मधेस प्रदेशका सभामुख रामअशिष यादवले शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव नभएकाले शिक्षाको दिगो र प्रभावकारी विकासमा जोड दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।

आज जनकपुरधामस्थित हिमाली अङ्ग्रेजी बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको शिक्षाको अवस्था अत्यन्त कमजोर रहेकाले सबैको सहकार्य र समन्वयबाट सुधार गर्दै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । सभामुख यादवले मधेस प्रदेशको शिक्षामा गुणस्तरीयता कायम गर्न र सबै वर्गका बालबालिकामा पहुँच पु¥याउनका लागि तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनले प्रदेशको आर्थिक, समाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि अनुशासनसहित शिक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आ–आफ्नो बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने विचार व्यक्त गरे । राष्ट्रिय समाचार समिति (रासस)का मधेस प्रदेश प्रमुख सुरेश झाले यो प्रदेश देवभूमि र शिक्षाका लागि विगतदेखि महत्त्वपूर्ण मानिए पनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर बन्दै गएको धारणा राखे ।

उनले सम्रग प्रदेश र देशको विकासका लागि शिक्षामा सबैको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै यसका लागि सरकारी, गैरसरकारी तथा सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताए । सो विद्यालायका संस्थापक रमेश साहले विद्यालायले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको बताए ।

सोही अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाअध्यक्ष राघवेन्द्र साह, वरिष्ठ पत्रकार कमल साह, श्रीनरायन साहलगायत वक्ताले शिक्षाको महत्त्वका वषयमा आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार