रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै

२०८२ पुष १९, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले आइतबार दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा पार्टी समायोजन, बिस्तार एवं सुदृढीकरण बारे छलफल र निर्णय लिइने एजेण्डा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ । जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिँदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केही नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार