उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

२०८२ पुष २०, आईतवार

काठमाडौं : उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार