७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त

२०८२ पुष २०, आईतवार

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

​त्यसैगरी न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका ८८ जना राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ।

609548751_852121247703636_7967341417904952284_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार