साँखु बस दुर्घटना : मृतक चारै जनाको खुल्यो पहिचान

२०८२ पुष २४, बिहीबार

काठमाडौं : काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका-३ साँखु-जहरसिंह पौवा सडक खण्डमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको थियो।उक्त बसमा नेचर हाउस एन्ड हर्ब इन्टरनेसनल कम्पनीबाट पिकनिक गएकाहरू सवार थिए। पिकनिकबाट फर्कने क्रममा बस दुर्घटना भएको थियो। दुर्घटनामा परी ३१ जना घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ भने ४ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन्। २३ जनाको भने उपचार भइरहेको छ।

मृत्यु हुनेहरूमा बाँकेको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुड्डको पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू छन्।

उनीहरुको उपचार क्रममा काठमाडौंको विभिन्न अस्पतालमा बुधबार बेलुकी मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार