चलचित्र ‘रमिताको पिरती’ को ‘जुनी भर’ बोलको गीत सार्वजनिक

२०८२ पुष २४, बिहीबार

काठमाडौँ : नायिका आना शर्माको निर्माणमा तयार भएको चलचित्र ‘रमिताको पिरती’ को ‘जुनी भर’ बोलको गीत सार्वजनिक भएको छ। रिलिजको एक महिना अगाडी निर्माण टिमले आज चलचित्रको यो दोस्रो गीत सार्वजनिक गरेको हो।

सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा चलचित्रका मुख्य दुई कलाकारहरू आना शर्मा र विनय श्रेष्ठ फिचर्ड छन् । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको दृश्य देख्न सकिन्छ ।

सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्र माघको २३ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माणसँगै चलचित्रमा आनाले मुख्य भूमिका निर्वाह गरेकी छिन। आनाको अलावा यो चलचित्रमा गायक समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारको अभिनय छ ।

सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको यो चलचित्रमा सागर लम्सालको लगानी छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको चलचित्रको आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार