कांग्रेस पूर्वसांसद कनोडिया एमाले प्रवेश

२०८२ माघ ३, शनिबार

काठमाडौँ : पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनोडिया शनिबार कांग्रेस छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्वसहायक मन्त्रीसमेत रहेका कनोडियाले काठमाडौंमा एमाले अध्यक्ष केपी ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन्।

लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनोडियालाई कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस गरेको थियो । एमाले प्रवेशपछि उनलाई उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराइएको एमाले नेता गिरीधारी लाल न्यौपानेले जानकारी दिएका छन् ।

कनोडियाले कांग्रेसमा देखिएको विवाद र किचलोमा फस्नुभन्दा एमालेमा प्रवेश उचित लागेको बताए । २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा कनोडिया पराजित भएका थिए । उनको एमाले प्रवेशपछि कांग्रेसबाट अभिषेक प्रताप शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार